Lite Nepal

मंगलबार, मंसिर ०९, २०७७

विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको गौरादह, विर्तामोड र दमकमा २६–२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५–५, कचनकवल र मेचीनगरमा ४–४, हल्दिबारी र कमल गाउँपालिकामा २, बा¥हदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरी र धरानमा ४९–४९, इनरुवा र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १–१, मोरंगको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३, सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २–२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १–१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १–१, ते¥हथुमको छथर र म्याङलुङमा १–१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ८ सय ८० पुगेको छ ।

प्रदेश १ मा आज १ सय ६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १५१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५९ महिला र २ सय ३ पुरुषको रिपोर्ट पोजेटिभ आउको हो । हालसम्म १ लाख ८५ हजार ७ सय ६० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा