Lite Nepal

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो ।

दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले बिहिबार उद्घाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं