Lite Nepal

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाको निवास बुढानिकलकण्ठमा २ बजे बस्ने बैठकमा बुधबार वरिष्ठ नेता पौडेललाई तनहुँमा भएको दुर्व्यवहारबारे छलफल हुनेछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो ।

दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले बिहिबार उद्घाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा