Lite Nepal

शुक्रबार, मंसिर १९, २०७७

उदयपुर । उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना खानीमा काम गर्ने मजदुर घाइते भएका छन । उनीहरुको अवस्था सामान्य छ । बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गाबहादुर तामांग, बिष्णुबहादुर मगर, शिवशंकर मोक्तांन, सागर मोक्तांन र नवीन मगर घाईते भएका छन । घाईते कटारीमा अस्पालमा उपचार भएको प्रहरीले जनाएको छ ।

यस्तै बम विस्फोटले एउटा स्काईभेटर र एक वटा मोटरसाईकलमा क्षति पुगेको प्रहरी ले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जानकारी दिए ।

बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यसअघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो । बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा विस्फोट नेपाली सेनाले डिस्पोज गराएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा