Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

खोटाङ । खोटाङमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–८, वाछिमका २५ वर्षीय सन्तोष राई छन् ।

शुक्रबार (असोज ३०) राति ढुंगा प्रहार गरी स्थानीय ५२ वर्षीय हर्कबहादुर राईको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार राति नै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

ज्यानसम्बन्धी कसुरमा हिरासतमा राखी उनीमाथि थप अनुसन्धान अघि बढाइएको खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं