Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३
फाइल फोटो

सुनसरी । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा एकथान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।

प्रहरी टोलीले सामुदायिक वनको पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखेको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।

कटुवा पेस्तोलमा प्रयोग हुने गोली थ्रिनटथ्री राइफलमा पनि प्रयोग हुने गोली भएको प्रहरीले जानकारी दिएको छ ।

सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय र भरौल प्रहरी चौकीबाट संयुक्तरुपमा टोली खटिएको थियो ।

कसले कुन उद्देश्यले कटुवा पेस्तोल र गोली लुकाएर राखेको हो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पेस्तोल र गोली शनिबार साँझ पाँच बजे बरामद गरिको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं