Lite Nepal

मंगलबार, फाल्गुण ०४, २०७७

ताप्लेजुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उद्घाटन गरेकी छिन् ।

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिइन् ।

उनले सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन कर्मचारीलाई आग्रह गर्दै उनले भनिन्, ‘कानुनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन ।’

केन्द्रमा भूमिसम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको दोहोर्याउँदै मन्त्री तुम्बाहाङ्फेले स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गरिन् । समितिमा मालपोत र नापीका प्रमुख पनि रहनेछन् ।

आयोगको काममा जनप्रतिनिधिसमेत जोडिएकाले उनीहरुलाई ऐनअनुसार जिम्मेवार भएर काम गर्न मन्त्रीले अपिल गरिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा