Lite Nepal

बुधबार, फाल्गुण ०५, २०७७

काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिने बस्नेतविरुद्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ गरेको हो ।

बस्नेतविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । यसअघि सपना र बस्नेत दुवैजना मिलेर बेवारिसे शवको व्यवस्थापन गर्दै आएका थिए ।

सपनाको उजुरीका आधारमा अनुसन्धानका लागि बस्नेतलाई काठमाडौं गोंगबुबाट पक्राउ गरिएको एसएसपी सिंहको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं