Lite Nepal

बिहिबार, फाल्गुण ०६, २०७७

विराटनगर । राष्ट्रिय युवा संघको अगुवाईमा प्रदेश १ को राजधानी विराटनगरमा विहीबार मोटरसाईकल ¥याली निकालिएका छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा हुने जनसभामा सहभागी हुन आउने भएकाले त्यसको प्रचारका लागि युवासंघले विहीबार विराटनगरसहित मोरङका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको हो ।

हजारौँको संख्यामा दिउँसो नेकपा पार्टी कार्यालयबाट निकालिए मोटरसाइकल ¥यालीले विराटनगरका मुख्य चोकहरुको परिक्रमा गरेको युवासंघका केन्द्रिय कोषाध्यक्ष मुकेश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार विराटनगरमा मात्रै मोटरसाइकल ¥यालीमा नेकपा केपी शर्मा ओली समुह निकट जनवर्गिय संगठन सहित नेता कार्यकर्ता गरी ५ हजार बढीको सहभागीता रहेको थियो ।

यस्तै युवा संघकै अगुवाईमा विराटनगर बाहिर विराटचोकमा पनि मोटरसाईकल ¥यालीको आयोजना गरिएको ¥यालीको संयोजक समेत रहेका बुढाथोकीले बताए ।

यस्तै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने पूर्वसन्ध्यामा शुक्रबार विराटनगरमा युवासंघले मार्चपासको तयारी समेत गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं