Lite Nepal

शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौं । नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् ।

‘प्रधानमन्त्रीसँग हाम्रो छलफल भइरहन्छ । आज दिउँसो पनि प्रदेश १ का केही साथीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नु भएको छ’, छलफलमा सहभागी एक सांसदले भने ।

प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीटिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटार पुगेका सांसदको भनाइ छ ।

‘प्रधानमन्त्री ओली समर्थक केही सांसद उपस्थित थियौँ’, कति सांसद सहभागी हुनुहुन्थ्यो भन्ने प्रश्नमा छलफलमा सहभागी एक सांसदले भने, ‘ठ्याक्कै संख्या गनिन । प्रधानमन्त्री समर्थक केही सांसद थियौँ ।’

सांसदहरुसँग करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको बताएका छन् । ओलीले नेकपा ‘प्रचण्ड–नेपाल’ समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताएका छन् ।

आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले पनुस्र्थापना गरेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता र सांसदसँग छलफल सुरु गरेका हुन् । सोहीक्रममा शुक्रबार प्रदेश १ का सांसदसँग छलफल भएको र शनिबार बागमती प्रदेशका सांसदसँग छलफल गर्ने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको कुरा सुनेपछि छलफलमा सहभागी सांसदहरुले नेकपाको एकताको पहल गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेकपाको आन्तरिक एकतालाई जोड दिएका छौँ । पार्टीलाई कसरी एकतावद्ध बनाउने भन्ने विषयमा हाम्रो भनाइ राखेका छौँ’, ति सांसदले भने, ‘राजनीतिक स्थायित्वको विषयमासमेत छलफल भएको छ ।’

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नलागी एकता अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतमले समेत पार्टी एकताको पहललाई अगाडि बढाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा