Lite Nepal

मंगलबार, फाल्गुण २५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले बालुवाटारमा दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका छन्।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्। सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

यद्यपी आजको बैठकमा विभिन्न मन्त्रालयहरुका नियमित एजेण्डामाथि छलफल र निर्णय हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।

संसदमा तत्लकालिन एमालेका १२०, कांग्रेसका ६३, माओवादी केन्द्रका ५३, जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्‍त्र हैसियतमा छन्। पार्टी विभाजन भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओली सरकार अल्पमतमा पर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं