Lite Nepal

बिहिबार, फाल्गुण २७, २०७७

ताप्लेजुङ । ताप्लेजुङको फुङलङ नगरपालिका–५ उकालिपानीमा बिहीबार दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको छ। सन्तोश मावो लिम्बूको जस्ता र काठले बनेको एक तले घर जलेको हो । नगरपालिकाको दमकल र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । घर भने पूर्णरुपमा जलेको नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीमा ८० हजार, ३० हजार रुपैयाँ बराबरको भाँडाकुडा लत्ताकपडा र १ लाख ५० हजार रुपैयाँ बराबरको घर क्षति भएको छ ।

बिहान खाना पकाउन बालेको आगो ननिभाएका कारण आगलागी भएको पीडित लिम्बुले बताए ।’खाना बनाउन फुकेको आगो ननिभाइकन काममा निस्किएको थिएँ,’ उनले भने,‘सधैं आफै निभ्थ्यो । आज चाहिँ फैलिएर घरै जल्यो ।’ घरमा उनी एक्लै बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं