Lite Nepal

सोमबार, बैशाख ०६, २०७८

भोजपुर । चौथो अन्र्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मोफसलकै सर्वाधिक धनराशी रहेको उक्त प्रतियोगिता अन्र्तगत भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ ।

आईतबार स्थानीय टुँडिखेलको मैदानमा भएको पहिलो खेलमा भगवती स्पोर्टस्ले धरान फुटबल क्लब सुनसरीलाई ट्राईबेकरमा ३–१ गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।

निर्धारित समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलमा समय थप गरिएको थियो । थपिएको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा ट्राईबेकरमा पुगेको थियो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलको पहिलो हाफको २१ औँ मिनेटमा धरानका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएपनि पहिलो हाफकै २८ औँ मिनेटमा खोटाङका शरद राई गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

बराबरीपछि ट्राईबेकरमा खोटाङले ३–१ को नतिजा आफ्नो पोल्टोमा पा¥यो । यस्तै दोस्रो खेल अन्र्तगत सोमबार सगरमाथा यूथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबका बिच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणबाट खेलाईने उक्त प्रतियोगितामा अफ्रिकन रुट्स एशोसियसन, धनकुटा फुटबल क्लब, धरान फुटबल क्लब, रेडहर्श फुटबल क्लब ईलाम, सगरमाथा युथ एशोसियसन मोरङ, गोर्खा ब्वाईज रुपन्देही, भगवती स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम गरी ८ टिम सहभागिता छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना, भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा चौधरी ग्रुपको सह प्रायोजन छ ।

खेलकुद प्रबद्र्धन गर्न र नयाँ खेलाडी उत्पादन गरेर जिल्लामा खेल पर्यटनलाई टेवा पु¥याउने लक्ष्यले गोल्डकप प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले बताए ।

साथै खेलकुद आयोजनाबाट आन्तरिक रुपमा समेत आर्थिक टेवा पु¥याउने उद्देश्य लिईएको उनले बताए । वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेता नगद ५ लाख र ट्रफी र दोश्रो हुने टिमले नगद ३ लाख प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा