ताप्लेजुङ समाचारदाता

आइतबार, जेठ ०२, २०७८

ताप्लेजुङ । कोरोना संक्रमण नरोकिएपछि ताप्लेजुङमा निषेधाज्ञाको समय थप गरिएको छ ।

प्रमुखु जिल्ला अधिकारी उमेश पाण्डेद्वारा आइतबार जारी सार्वजनिक सूचना अनुसार मंगलबारदेखि आउँदो साताको सोमबार अर्थात जेठ १० गते सम्म निषेधाज्ञाको समय थपिएको हो ।

यस अघि बैशाख २० गतेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको थियो भने बैशाख २७ गतेदेखि जेठ ३ गते सोमबार सम्मका लागि पहिलो पटक निषेधाज्ञाको समय थप गरिएको थियो ।

प्रजिअ पाण्डेद्वारा जारी सूचना अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्नेसम्म, फक्ताङ्लुङ गाउँपालिका–३ मा पर्ने लिङ्खिम वारि फुरुम्बु क्षेत्र, सिरिजङ्घा गाउँपालिका–३ सिकैँचा वारि फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको कामीडाँडा र काबेली खोलासम्म निषेधाज्ञा लागू हुने छ ।

निषेधाज्ञामा फुङ्लिङ बजारमा बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्ने खाद्यान्न तथा तरकारीजन्य पसल सञ्चालन गर्न पाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं