Lite Nepal

बुधबार, जेठ ०५, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमण बढेसँगै मृतकको संख्या पनि थपिन थालेको छ । बुधबार विहान मात्रै दुई जनाले ज्यान गुमाएका छन् । एक जनाको संक्रमण या अन्य कारण मृत्यू भएको हो पुष्टि हुन बाँकिनै छ ।

बुधबार विहान मृत्यू हुनेमा फक्ताङलुङ गाउँपालिका ५ तापेथोक घर भई फुङ्लिङ बजारमा बस्दै आएका ५० पुरुष र फुङ्लिङ नगरपालिका ७ का एक युवक रहेका छन् । ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भए पनि युवकको कारण खुलेको छैन ।

तापेथोकका पुरुषको गत जेठ १ गते एण्टिजेन रिपोर्ट पोजेटिभ आएको थियो । ती पुरुषमा मुटु सम्वन्धी समस्या पनि रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोभिड फोकल पर्सन हेमराज कठायतले जानकारी दिए । उनलाई अस्पतालबाट ३ गते होमआईसोलेशनमा बस्नको लागि पठाइएको थियो । होम आइसोलेसनमानै बसेका उनको बुधबार विहान मृत्यू भएको हो ।

फुङ्लिङका मृतक युवकमा पनि कोरोना सँग लक्षण मिल्दोजुल्दो देखिएका कारण उनको एण्टिजेन परिक्षणको तयारी भईरहेका बताईएको छ ।

यो सँगै ताप्लेजुङमा कोरोनाका कारण पुष्टि भएर ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं