Lite Nepal

बुधबार, जेठ ०५, २०७८

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट पठाएको स्वास्थ्य सामग्री ताप्लेजुङ पुगेको छ ।

ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि भट्टराईको पहलमा काठमाडौंमा स्वास्थ्य सामग्री संकलन गरी गत सोमबार ताप्लेजुङका लागि पठाइएको थियो ।

सामान बुधबार विहान मध्यान्न ताप्लेजुङ पुगेको हो । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित विज्ञसँग अन्तरक्रिया गरेका पूर्वमन्त्री भट्टराईले दिउँसोनै जिल्लामा आवश्यक भएमध्येका केही सामान ताप्लेजुङका लागि ढुवानी गरेका थिए ।

ताप्लेजुङका पुगेका स्वास्थ्य सामग्रीमा ४ सय थान एन्टिजेन किट, अक्सिजन कन्सिनट्रेटर ७ थान, एन ९५ मास्क १ सय थान, पीपीई १ सय थान, पञ्जा १ सय थान, सर्जिकल मास्क २ हजार थान, सेफ्टी चस्मा ५० थान र २० लीटर सेनिटाईजर छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं