Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

ताप्लेजुङ । ताप्लेजुङको तापेथोकमा चिप्लिएर लड्दा एक मजदुरको मृत्यू भएको छ ।

फक्ताङ्लुङ गाउँपालिका ५ तापेथोकको रानीपुल क्षेत्रमा निर्माणाधिन बेलिब्रिज निर्माणमा खटिएका बारा जिल्लाको सिमरा बस्ने बर्ष २६ का श्यामसुन्दर चौधरीको लडेर मृत्यू भएको हो । उनलाई निर्माण सामानले किचेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निर्माणको क्रममा खटिएका चौधरी अचानक चिप्लिएर लड्दा सोहि बेलिब्रिजकासामान समेत संगै झरेर किचेपछि उनको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बालनरसिंह राणाले बताए ।

घटनास्थलमा लेलेपमा प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मी पुगेको र जिल्ला प्रहरी कार्यालयबबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली अनुसन्धानका लागि गइरहेको प्रमुख राणाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं