Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

एजेन्सी । अहिले संसारभरिका मुलुकलाई कोरोनाभाइरसविरूद्धको भ्याक्सिन चाहिएको छ । कोरोनाको दोस्रो लहरले आक्रान्तले बनेको भारतमा त झन् खोपको माग धेरै छ ।

खोप लगाउन चाहने सबैले खोप पाएका छैनन् । केही भारतीय भने खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार स्पुतनिक भी खोप लगाउन पाइने भएपछि ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर भारतीयलाई रूस पु¥याउने गरेका छन् ।

नयाँदिल्लीस्थित एक ट्राभल एजेन्सीले १ लाख ३० हजार भारूमा २४ दिन रूस भ्रमणको प्याकेज ल्याएको छ । त्यसमा रूसी भ्याक्सिनको दुई डोज लगाउने र बाँकी दिनमा केही ठाउँको अवलोकन गर्ने कार्यक्रम छ ।

एजेन्सीले उक्त प्याकेजअन्तर्गत मे १५ मा ३० जनाको टोली रूस गइसकेको जनाएको छ । अधिकांश डाक्टरहरू रहेको उक्त टोलीमा गएकाहरूले खोपको पहिलो डोज पनि लगाइसकेका छन् ।

पहिलो र दोस्रो डोजबीच २१ दिनको अन्तर हुनु पर्ने भएकाले उनीहरूलाई २४ दिनको प्याकेज दिइएको हो ।

यसरी गएकाहरू तीन दिन सेन्टपिटर्सबर्गमा र बाँकी दिन मस्कोमा बस्नेछन् । अब अर्को टोली मे २९ मा रूस जाने ट्राभल एजेन्सीले जनाएको छ ।

अहिले भारतीयहरूलाई प्रवेश अनुमति दिने विश्वका केही मुलुकमध्ये रूस पनि एक हो । रूस जान पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । रूस पुगेर पनि क्वारेन्टिनमा बस्नु पर्दैन ।

स्पुतनिक भीले यसअघि आफ्नो सामाजिक सञ्जालमार्फत् अप्रिल ३ रूस आउँदा खोप लगाउन पाउने कार्यक्रमबारे बताएको थियो । तर त्यसपछि यो विषयमा उसले केही अपडेट गरेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा