Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

काठमाडौं । बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् ।

बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्।

सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन्।

चुनाव चिह्न कलम भएका देवकोटाले ५०८८ मतभार पाए भने सूर्य चिह्नमा लडेका थापाले ४०१४ मत भार पाएका छन्। यता नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।

देवकोटा स्थानीय तहको मतगणनादेखि नै अगाडि थिए। राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा‍‍‍. देवकोटालाई उम्मेदवार बनाएको थियो।

एमाले भित्रको पछिल्लो समीकरण पछि नेपाल पक्ष मौन रहेको थियो। नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएको र प्रदेशमा नेकपा एमालेको बहुमत रहेकाले आफ्नो जित निश्चित रहेको गृहमन्त्री थापाको दाबी गर्दै आएका थिए। अन्तत विपक्षी गठबन्धनका उम्मेदवार देवकोटाले बाजी मारेका हुन्।

कांग्रेस, माओवादी र जसपाले आफ्नो उम्मेदवार नउठाएकाले देवकोटालाई समर्थन गरेको थियो। देवकोटाले एमाले भित्रबाटै आफूलाई समर्थन रहेको र अन्य दलको पनि समर्थन रहेकाले जित निश्चित रहेको दाबी गर्दै आएका थिए।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका हुन्। बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ गरी ३ सय ४७ मतदातामा सहभागी भए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा