Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

झापा । झापामा जेठ १४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा विहीबार भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण अझ पनि तीब्र रुपमा फैलिइरहेको जनाउँदै त्यसलाई नियन्त्रणका लागि निषेधाज्ञा बढाइएको जनाइएको छ ।

निषेधाज्ञाका समयमा खाद्यान्न, माछा मासु र हरियो तरकारी बिहान ९ बजेसम्म होम डेलिभरी गर्न पाउने निर्णय भएको छ । ती सामानहरू व्यवसायीले आफै बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर–घरमा पु¥याइसक्नु पर्ने छ ।

निर्माण सामग्री ओसारपसारको हकमा बिहान ११ बजेदेखि दिउँसो १ सम्म मात्र समय तोकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं