Lite Nepal

बिहिबार, जेठ ०६, २०७८

विराटनगर । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा मोरङमा तीन जना पक्राउ परेका छन् ।

विहीबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका ११ रोडषेश चोकबाट २१ लाख भन्दा बढी रकमसहित मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली नगरपालिका १ की २५ बर्षीया जिज्ञासा चौधरी र विराटनगर १३ का ३३ बर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।

साह र चौधरीको साथबाट प्रहरीले नेपाली २१ लाख ७१ हजार र २३ हजार भारतीय रुपैयाँ र बिभिन्न बैकका चेकहरु बरामद गरेको छ ।

उनिहरु रहेको स्थानीय अमृत कुमारको घरको कोठा खानतलासी गर्दा मोवायल र नगद डिपोजिट रसिद पनि बरामद भएको छ ।

ठुलो मात्रामा नगदसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं