Lite Nepal

शनिबार, जेठ १५, २०७८

काठमाडौं । नेपाल र इराकबीच दुई दशकपछि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको छ ।

उच्च वरीयता प्राप्त अरेबियन मुलुकविरुद्ध नेपालले आज (शनिबार) उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

इराक फिफा वरीयतामा ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ । फिफाको वरीयता हेर्दा नेपाल भन्दा इराक १०३ औं स्थान माथि छ ।

इराक र नेपाल करिब २० वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ ।

नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं