काठमाडौं । सोमबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको हो। कारोबारमा आएका सबै समूहका सूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ।
सोमबार २५२ कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको मूल्य बढेको छ। सानिमा लार्ज क्याप फण्डको मूल्य सबैभन्दा धेरै ४.८६ प्रतिशतले घटेको छ भने बेनी हाइड्रोपावरको सेयर मूल्य १३.५८ प्रतिशतले बढेको छ।
यस दिन ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै ३७ करोड ६३ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।
