काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने भएका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि थापाले नाम फिर्ता लिन लागेका हुन् ।
जापानको पीआर रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि थापाको सुनुवाइ स्थगित गरिएको थियो । सुनुवाइका क्रममा उनले पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएका थिए ।

