Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं । विश्वकप तथा एसियन कप छनोटअन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो खेल इतिहासमा आजसम्मकै ठूलो टोली अस्ट्रेलियाको सामना गर्दैछ ।

नेपाललाई पराजित गर्न सफल भए अस्ट्रेलिया विश्वकप छनौट चरणमा स्थान सुरक्षित गर्नेछ ।

कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राती पौने १० बजेदेखि खेल सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीले आफ्नो खेलको शैली परिवर्तन गरेर अघि बढिरहेको र आजको खेलमा राम्रो प्रदर्शन गरेर दर्शक तथा आफ्ना समर्थकलाई खुशी पार्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा