Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं । विश्वकप तथा एसियन कप छनोटअन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो खेल इतिहासमा आजसम्मकै ठूलो टोली अस्ट्रेलियाको सामना गर्दैछ ।

नेपाललाई पराजित गर्न सफल भए अस्ट्रेलिया विश्वकप छनौट चरणमा स्थान सुरक्षित गर्नेछ ।

कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राती पौने १० बजेदेखि खेल सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीले आफ्नो खेलको शैली परिवर्तन गरेर अघि बढिरहेको र आजको खेलमा राम्रो प्रदर्शन गरेर दर्शक तथा आफ्ना समर्थकलाई खुशी पार्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं