Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

ताप्लेजुङ । नेपाली अलैंचीको पाँचवटा जात पहिचान गर्दै दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादन हुने १४ मध्ये रामसाई, गोलसाई, डम्वरसाई, जिर्मले र भार्लाङ जातका अलैंची पहिचान गरी दर्ता प्रक्रियामा रहेको अलैंची विकास केन्द्र फिक्कल इलामले जनाएको छ ।

विकास केन्द्रका बाली संरक्षण अधिकृत देवेन्द्र शाहका अनुसार कृषि मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएपछि यस्ले मान्यता पाउनेछ । यो मान्यता अन्तर्राष्ट्रियस्तरको हुन्छ । नेपालमा अहिलेसम्म अलैंचीको जात पहिचान तथा दर्ता नभएको भन्दै यसको सुरुवात गरिएको शाहले बताए ।

जात पहिचानका लागि कृषि विकास मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । यो समितिले विस्तृत अध्ययन गरेर दर्ताका लागि सिफारिस गरेको हो । कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले अनुमोदन गरेपछि यसले मान्यता पाउने शाहले बताए । त्यसपछि भने रोग, किरा लागे वा सरकारी अनुदान दिनुपर्दा यी जातले प्राथमिकता पाउँछन् ।

उस्तै जातको अलैंची उत्पादन हुने नेपालले जात पहिचान नगर्दा छिमेकी देश भारतले गरेको पहिचानका आधारमा चलिरहेको छ । दर्ता भएपछि नेपाली अलैंचीलाई अरू कसैले दाबी गर्न नसक्ने फिक्कलमा लामो समय कार्यालय प्रमुखको रूपमा रहेका पदम अधिकारीले बताए ।

अधिकारी अलैंची विकास केन्द्रको प्रमुख हुँदै सिफारिस समितिको बैठक बसेको थियो । विकास केन्द्रका अनुसार रामसाई जातको अलैंची १८५० सालदेखि नेपालमा खेती भएको पाइन्छ । यो प्रतिरोपनी ३१ किलोग्रामसम्म उत्पादन हुन्छ । यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको तथ्यांक कार्यालयसँग छ ।

भार्लाङ जातको अलैंची प्रतिरोपनी ४५ किलोसम्म उत्पादन हुन्छ । यो जातको अलैंची अहिले तीन हजार हेक्टर जमिनमा खेती गरिएको छ । गोलसाई जातको अलैंची प्रतिरोपनी ३५ किलोग्रामसम्म उत्पादन हुने कार्यालयको तथ्यांक छ । औल क्षेत्रमा पनि उत्पादन हुने यो जातको अलैंची ५९ हजार हेक्टरमा लगाइएको छ ।

डम्बरसाई जातको अलैंची भने प्रतिरोपनी ३५ किलोसम्म उत्पादन हुन्छ । यो १५ सय हेक्टरमा लगाइएको छ । सबैभन्दा पहिला अलैंची भित्रिएको इलाम र देशमा सबैभन्दा बढी उत्पादन गर्ने ताप्लेजुङ जिल्लामा यी जातका अलैंची उत्पादन हुने शाह बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा