Lite Nepal

शनिबार, जेठ २९, २०७८

विराटनगर । फिफा विश्वकप–२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको ४५ औँ मिनेटमा अनुभवी डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले त्यसपछि अष्ट्रेलियालाई एक गोलमा रोकेको थियो ।

अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए । जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ ।

शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ‘बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो ।

नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं