Lite Nepal

सोमबार, जेठ ३१, २०७८

विराटनगर। चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामुलक कार्यहरु निरन्तर जारी छ । समुदायसंग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी बिराटनगरमा प्रादेशिक कार्यालय संचालनमा आएको छ ।

जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरि कायम गर्दै मोरङ जिल्ला प्रदेश सभासद शेखर चन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

चौधरी ग्रुपका १ नं प्रादेशिक एडमिनिष्ट्रेटर लगायत प्रतिनिधिहरुको उपस्थितिमा सभासद थापाले रिवन काट्दै कार्यालयको समुदघाटन गरिएको हो । कार्यालय सुभारम्भको अवसरमा अक्सिजन आपुर्तिमा कठिनाई हुने १ नं प्रदेशका ईलाम तथा भोजपुर जिल्ला अस्पतालहरुलाई २ र २ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत सम्बन्धित अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

शभासद थापाले समुदघाटनको अवसरमा कोभिड(१९ को महामारिको संक्रमणबाट जोखिममा परेका बिरामीहरुको उपचारमा सरिक सरकारी तथा सामुदायिक अस्पतालहरुलाई चौधरी फाउण्डेशनले प्रदान गर्दै आएको स्वास्थ सामाग्रीले संक्रमणको सम्भावित जोखिममा रहेका बिरामीहरुको उपचारकार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तै मन्तब्यकै क्रममा प्रोभिन्सिएल एडमिनिष्ट्रेटर कटवालले लामो समयदेखि चौधरी ग्रुपको ‘चौधरी फाउन्डेसन’बाट अधिराज्यभर बिभिन्न बिपद, शिक्षा र स्वास्थ क्षेत्रमा पुर्याउदै आएको सहयोगलाई यो प्रादेशिक कार्यालय मार्फत अत्यावश्यक समुदाय र ब्यक्तिहरुका माझ आगामी दिनमा थप प्रभावकारी रुपमा सहयोग उपलब्ध गराईने जानकारी गराए ।

समुद्घाटन कार्यक्रममा नबिल बैंक प्रादेशिक मेनेजर सुबोध लोहनी, सिजि फुड्स १ नं प्रदेश बजार प्रमुख पुन्य प्रसाद लुईटेल, नायब प्रबन्धक राजकुमार श्रेष्ठ, ब्रान्ड प्रवर्धन प्रमुख रविन्द मास्के लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं