Lite Nepal

मंगलबार, आषाढ ०१, २०७८

विराटनगर । राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटको आकार घटाएर ल्याएको छ।

गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको हो। ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो।

मंगलबार प्रदेश १ सभामा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षका लागि सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको जानकारी दिए।

उनले कोरोना महामारीका कारण श्रोत सुनिस्चितताको अभाव र प्राथमिकताका क्षेत्रहरु फराकिलो भएपछि बजेटको आकार घटेको बताए। ‘कोरोना महामारीले राजस्व घटेको छ, क्षेत्र फराकिलो बनेका छन्, त्यसैले केही आकार घटाएर बजेट ल्याएको छु,’ उनले भने।

प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको सारांश
जम्मा बजेट ३२ अर्ब ४६ करोड ९२ लाख ।

चालु तर्फ रू.१४ अर्ब १६ करोड १५ लाख (४३.६ प्रतिशत)

पूँजीगत तर्फ रू.१५ अर्ब ५ करोड ३५ लाख (४६.३ प्रतिशत)

स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रू.३ अर्ब २२करोड ४२ लाख (१० प्रतिशत) तथा वित्तीय व्यवस्था तर्फ रू. ३ करोड ।

कोभिड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि रु. ४४ करोड ।

समग्र स्वास्थ्य क्षेत्रका लागि रू.३ अर्ब २५ करोड ।

समग्र शिक्षा क्षेत्रका लागि रू.१ अर्ब १९ करोड ।

मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि रु.१० करोड ।

समग्र कृषि क्षेत्रका लागि रू. २ अर्ब ९० करोड ।

समग्र पर्यटन क्षेत्रको विकासका लागि रू. ८३ करोड ३८ लाख ।

वन तथा वातावरणको क्षेत्रमा रू.१ अर्ब ३६ करोड ।

उद्योग तथा वाणिज्य क्षेत्रका लागि रु. १८ करोड ।

युवा, खेलकूद क्षेत्रको विकासको लागि रू.१६ करोड ।

भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा कूल रू. १३ अर्ब २१ करोड ।

उर्जा तथा सिंचाईका लागि रू.३ अर्ब १५ करोड ।

खानेपानी तथा सरसफाईका लागि रू.१ अर्ब ८२ करोड ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं