Lite Nepal

बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ। झन्डै २० खर्बको कारोबार भइरहेकोमा बुधबार घटेर साढे १५ अर्बको कारोबारमा सीमित हुन पुगेको छ।

नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल गरी मूल्य बढाएको सार्वजनिक भएसँगै सेयर बजारमा भीषण पहिरो गएको हो।

बोर्डले सार्वजनिक गरेका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। पछिल्लो समयमा लगातार सेयर बजार बढिरहेको थियो। जसले गर्दा लगानीकर्ता उत्साहित थिए।

बोर्डले ५१ वटा कम्पनीले सेयर मूल्य कर्नरिङ, इन्साइडर ट्रेडिङ गरेर बढाएको भन्दै सूची सार्वजनिक भएपछि लगानीकर्ता सशंकित बनेका छन्।

बोर्डले त्यस्ता कम्पनीको सेयर जोखिम रहेको भन्दै थप अध्ययन गर्ने जनाएको छ।

सेयर मूल्य घट्दा लगनीकर्ताले धेरै गुमाएका छन्। जोखिम सेयर भनिएका ५१ मध्ये ४७ वटाको सेयर मूल्य घटेको छ।

बुधबार कारोबार सुरु भएदेखि नै उतारचढाव आएको थियो। अन्तिम समयमा बजार मापन गर्ने सूचक ५२।३९ अंकले घटेर परिसूचक २९६९।७२ बिन्दुमा रोकिएको छ। केही समयअघि लगानीकर्ताले कारोबारको अनुपातमा सेयर मूल्य नबढेका बताइरहेका थिए। तर पछिल्लो समयमा सेयरको सूचक क्रमशः बढ्दै गएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं