Lite Nepal

मंगलबार, आषाढ ०८, २०७८

काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४(१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक-एक गोल गरे ।

रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता २-० को बनाए ।

७० औं मिनेटमा रुसका ज्युबाले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

तर ७९ औं मिनेटमा क्रिस्टियनसेन र ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।

यस जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो ।

फिनल्याण्ड र रुस समान ३ अंक भएपनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ ।

डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १-० ले र दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

डेनमार्कसँग पराजित रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।

पहिलो खेलमा बेल्जियमसँग ३(० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १(० ले हराएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं