Lite Nepal

बुधबार, आषाढ ०९, २०७८

विराटनगर । युरो कपमा स्पेनले बुधबार घरेलु मैदानमा स्लोभाकियाको सामना गर्दैछ ।

स्लोभाकियाविरुद्ध मैदान उत्रिँदा समूह ‘ई’ को अन्तिम खेलमा स्पेन तित्नै पर्ने दवावमा छ ।

हारले उसको यात्रा समूह चरणबाटै अन्त्य हुनेछ भने बराबरीले अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ ।

जोर्डी अल्बाको कप्तानीमा मैदान उत्रने स्पेन २ खेलबाट २ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ ।

जित वा बराबरीले पनि स्लोभाकिया नकआउट चरणमा प्रवेश गर्नेछ । हारले भने अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

मारेक ह्यामसिकको कप्तानीमा मैदान उत्रने स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ ।

६ वर्षपछि एक अर्काको सामना गर्न लागेका स्पेन र स्लोभाकियाले हालसम्म ६ खेलमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् ।

स्पेनले ४ र स्लोभाकियाले १ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको छ ।

उनीहरुले पहिलोपटक सन् १९९६ मा एक अर्काको सामना गरेका थिए ।

विश्वकप अन्तर्गत भएको उक्त भेटमा स्पेनले ४–१ को जित दर्ता गरेको थियो ।

युरो कप छनोट अन्तर्गत सन् २०१५ मा भएको पछिल्लो भेटमा स्पेन २–० ले विजयी भएको थियो ।

इतिहासमा बलियो देखिएपनि पछिल्ला खेलमा लय गुमाएको स्पेनका लागि स्लोभाकिया युरो कप यात्रामा बाधक बन्न सक्छ । खेल नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ ।

समूह ‘ई’ अन्र्तगत बुधबारै हुने खेलमा स्विडेनले पोल्यान्डको समाना गर्नेछ ।

खेल रुसको सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार राति पौने १० बजे हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं