Lite Nepal

बिहिबार, आषाढ १०, २०७८

काठमाडाैं । पाेर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोलको कीर्तिमान बराबरी गरेका छन्।

बुधबार राति बुडापेस्टमा भएकाे १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा घरेलु टाेली फ्रान्सविरुद्ध दुई पेनाल्टी गाेल गर्दै रोनाल्डोले सबैभन्दा बढी गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

अलि दाइले सबैभन्दा बढी १०९ गोल गरेका थिए। ३६ वर्षीय राेनाल्डाेले खेलको ३१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए।

फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

त्यस्तै ५८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि राेनाल्डाेले पेनाल्टी हान्ने अवसर प्राप्त गरेका थिए। रोनाल्डोले गरेकाे प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा गाेलमा परिणत भएकाे थियाे।

यससँगै रोनाल्डोले पोर्चुगलका लागि १०९औं अन्तराष्ट्रिय गोल पूरा गरेका छन्।

यस्तै, रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमानसमेत भङ्ग गरेका छन्। रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन्।

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र युरोपकमा गरि संयुक्त २१औं गोल पूरा गरे।

रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन्। यसअघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए।

जारी युरोमा रोनाल्डोको यो चौंथो गोल हो। पाँचौ पटक युरोकप खेलिरहेका रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडीसमेत हुन्।

रोनाल्डोले फ्रेन्च मिचेल प्लाटिनीले उछिनिसकेका छन्।

प्लाटिनीले युराेकपमा सर्वाधिक ९ गाेल गरेका थिए। राेनाल्डाेले यसभन्दा अगाडी सन् २००४ काे युराेकपमा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं