Lite Nepal

आइतबार, आषाढ २०, २०७८

काठमाडौ । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ ।

यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र बिहीबार इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

खेल तालिका :

बुधबार राति १२:४५ बजे – इटालीविरुद्ध स्पेन

बिहीबार राति १२:४५ बजे – डेनमार्कविरुद्ध इंग्ल्यान्ड

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं