Lite Nepal

बुधबार, आषाढ २३, २०७८

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् ।

वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेका छन् । इङ्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

इङ्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।

यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

इङ्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इङ्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ । किनभने डेनमार्क दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । त्यसका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । यता, पहिलो उपाधि जित्ने लक्ष्य रहेको इङ्ल्यान्ड आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं