Lite Nepal

शनिबार, आषाढ २६, २०७८

काठमाडौं । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् ।

ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ ।

फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ ।

३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । ६ पटकको बालोन डे ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए ।

उता ब्राजिलका डिफेण्डर मार्क्वन्होसले मेस्सीलाई आफ्नो उद्देश्यमा पुग्नबाट रोक्न प्रयास गर्ने बताएका छन् ।

२०२१ को कोपा अमेरिका अर्जेन्टिनाको लागि मेस्सीको १०औं मुख्य प्रतियोगिता हो । उनी छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।

विश्वकपमा मेस्सीले कुल १९ खेल खेल्दा १२ खेल जितेका छन भने ४ खेल हारेका छन् । उनले ४ विश्वकपमा ६ गोल गरेका छन् । यस्तै कोपामा उनले ३३ खेल खेल्दा २० खेल जितेका छन् भने ३ खेल मात्र हारेका छन् । जसमा उनले १३ गोल गरेका छन् ।

अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक उसको अगाडि साविक विजेता ब्राजिल छ ।

स्पानिस क्लब बार्सिलोनामा सम्झौता सकिएका मेस्सीले ब्राजिलमा जारी कोपामा ४ गोल गरिसकेका छन् ।

कुनै समय बार्सिलोनमा टिममेट रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य पउपाधिको खोजीमा छन् ।

सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्दैछन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध फाइनल खेल्न लागेको र यी दुई टिम दक्षिण अमेरिकाकै दुई शक्तिशाली टिम रहेको बताए । उनले खेल उत्कृष्ट हुने आशा राखेका छन् ।

दक्षिण अमेरिकाका १० राष्ट्र सहभागी कोपाको यस संस्करण शुरुमा कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोरोना महामारीले गर्दा एक वर्ष ढिलाइ भएको प्रतियोगिता अन्तिम सममया ब्राजिलमा आयोजना गरियो ।

१० टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनल पुगेका थिए ।

ब्राजिलले क्वाटरफाइनलमा चिली र सेमिफाइनलमा पेरुलाई समान १-० ले हरायो । उता क्वाटरफाइनलमा इक्वेडरलाई ३-० ले सहजै हराएको अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्‍यो ।

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्ला ?

फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनालाई सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर छ ।

के त्यसमा अर्जेन्टिना सफल होला त ? दुई वर्षअघि घरेलु मैदानमा उपाधि जितेको ब्राजिलले भने अहिलेसम्म ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक जित्नेमा तेस्रो स्थानमा छ । ब्राजिल लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

ब्राजिलका डफेण्डर मार्क्विन्होसले यस खेललाई सामान्य फुटबलभन्दा पनि अझ बढी मानेका छन् । यो जर्सीले सारा विश्वलाई खेल हेर्नका लागि आकर्षण गर्ने उनले बताए । online

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा