Lite Nepal

शुक्रबार, भाद्र ०४, २०७८

काठमाडौं । अरिंगालले टोकेर उपचारको निम्ति ल्याइएका बिरामीको अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले नाराबाजी गरेपछि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल तनावग्रस्त भएको छ । अरिंगालले टोकेपछि धादिङ निलकण्ठ नगरपालिका ११ का ५५ वर्षीय धनबहादुर गुरुङलाई उपचारको निम्ति उक्त अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार बिरामीको पहिले पिसाब बन्द भएको थियो । पिसाब खुलाउन गरिएको अपरेशनपछि गुरुङको निधन भएको हो ।

तर मृतकका आफन्तले अस्पतालले आफूहरुसँग कुनै सल्लाह र मञ्जुरी नलिई अपरेशन गरेको र सो क्रममा बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएकाले क्षतिपूर्तिको माग गर्दै झण्डै दुई दर्जन आफन्तले अस्पताल हातामा नाराबाजी गरिरहेका छन् । नाराबाजीपछि अस्पताल हाता अहिले तनावग्रस्त भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा