Lite Nepal

शुक्रबार, भाद्र ११, २०७८

विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८ (१) अनुसार भीम आचार्यको नेतृत्वमा सरकार गठन हुनै नसक्ने दावी गर्दै विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाउने बताउनुभएके हो ।

प्रदेश १ को विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखले किर्ते गरेको आरोप लगाउनुभयो । संविधानभन्दा बाहिर गएर प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पार्टी कार्यकर्ताको रुपमा काम गरेको उहाँको भनाइ छ ।

कार्कीले भन्नुभयो ‘दल विभाजन भएको छ, दलसम्बन्धी ऐनमा २१ दिनभित्रमा नयाँ दल रोज्न पाउने व्यवस्था छ, यो अवस्थामा हतारहतार गरेर नाटकीय ढंगले मुख्यमन्त्री बनाउन खोज्ने काम असंवैधानिक छ, ।’

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले आफूहरुको पक्षमा १० भन्दा बढी सांसद रहेको दावी गर्दै भीम आचार्य एमालेको बहुमतप्राप्त दलको नेताको रुपमा सपथ लिनु असंवैधानिक भएको बताउनुभयो ।

आचार्यले फोटो टाँस्नकै लागि हतारमा मुख्यमन्त्री बनेको उहाँको भनाइ छ । नेकपा एमाले विभाजित भइसकेको बेला प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर तत्कालै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रदेश प्रमुखले नियुक्ति गर्नु भएको थियो ।

प्रदेश सभामा जम्मा ९३ प्रदेश सभा सदस्य छन । जसमा विपक्षी गठबन्धनमा कांग्रेसका २१, जसपा ३, एमाओवादी १५ , नेकपा समाजवादीका ८ जना छन । लोकतान्त्रीक राष्टिय मञ्च १, स्तन्त्र १ संसाद छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं