Lite Nepal

बुधबार, आश्विन ०६, २०७८

काठमाडौ । एक समय थियो, विराटनगर र काँकडभिट्टाबाट काठमाडौं यात्रा गर्ने यात्रुको रोजाइमा अग्नी यातायात पथ्र्यो । धेरै यात्रु सोही बसको पर्खाइ र रोजाइमा हुँदा अन्य केही बसले अग्नीको जस्तै कलर लगाउँथे र कुदाउँथे । यात्रु झुक्याउने फण्डा नै चल्थ्यो सो समय । अहिले यातायातका धेरै साधन छन् । यात्रुले पनि सुविधा हेरेर चढ्न थाले । कुनै नामले चले, कुनै सेवा सुविधाले । अहिले पनि यो क्रम यातायात क्षेत्रमा छ नै ।

अहिले विभिन्न सुविधासहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौंका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ । बुलेट एसी प्रा.लि.ले सात सहरका लागि काठमाडांैदेखि यो बस सञ्चालन गर्ने भएको हो ।

विराटनगर–काठमाडौंको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैं अफरका रुपमा एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । भाइकिङ्ग बस भएका कारण बसको सिट क्षमता ३९ वटा रहेको छ । सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउने छ ।

किट उपलब्ध गराए वापत यात्रुले छुट्टै रकम बुझाउनु पर्ने छैन । किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधीहरू समावेश गरिने छ । सरोज न्यौपाने र उमेश खड्का लगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन् ।

१० करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ । यात्राको लागि यात्रुले अनलाईन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ । बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २÷१ सोफा लक्जरी सिटसहितको बसहरू संचालनको तयारी समेत गरेको छ । त्यसमा भने शौचालयको सुविधा बस भित्रै हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा