Lite Nepal

बिहिबार, आश्विन ०७, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको दाबी गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै पनि ४१ प्रतिशतले खोप पाएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ छ ।

हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा खोप लगाएको उनले बताए । कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । कोभिसिल्डको दुवै मात्रा लगाउनेको संख्या १४ लाख ८८ हजार ४३५ छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको ३६ लाख २५ हजार ९५७ छन् । २८ लाख २३ हजार ६८३ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन् । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा