Lite Nepal

मंगलबार, कार्तिक १६, २०७८

काठमाडौं । एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार प्रसार उप–समितिका संयोजक योगेश भट्टराईले महाधिवेशन सफल पार्न व्यवस्थित प्रचार–प्रसारको अभियान सुुरु गरिएको बताएका छन् ।

मंगलबार एमालेको जनवर्गीय संगठनका प्रचार विभागका प्रमुख, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा प्रेस चौतारीका पदाधिकारीसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

छलफलका क्रममा सहभागीले केन्द्रीय प्रचार विभाग र प्रचार प्रसार समितिले प्रचारको योजना बनाएर प्रदेश र जिल्लामा पठाउन सुझाव दिएका थिए ।

नेकपा (एमाले)ले दशौं महाधिवेशनलाई लक्षित गरेर मंगलबारबाट प्रचार अभियान सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं