Lite Nepal

बुधबार, मंसिर ०८, २०७८

चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि नेताहरु चितवन पुग्ने क्रम सुरु भएको छ ।

महधिवेशनका लागि पार्टी सचिव एवं महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराई र पार्टीका वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल आज दिउँसो चितवन पुगेका छन् ।

महाधिवेशन तयारीका लागि आजै महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादल, पार्टी स्थायी कमिटी सदस्य सुरेद्र पाण्डे पनि चितवन पुग्ने प्रचार सहयोग समिति चितवनका सचिव तिलकराम रिमालले जानकारी दिए ।

पार्टी नेताहरू चितवन आउने क्रम सुरु भएको भन्दै रिमालले उनीहरूले जिल्लामा पार्टीको महाधिवेशनको तयारीका सन्दर्भमा भएका गतिविधिबारे अनुगमन तथा निर्देशन गर्ने बताए ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा