Lite Nepal

शनिबार, मंसिर २५, २०७८

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसारआज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुँदैछ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ ।

पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

समाचार तयार पार्दासम्म सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा र छुट्टै समूह बनाएका विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने साझा उम्मेदवार घोषणा गर्न सकेको छैन ।

रामचन्द्र समूहमा प्रकाशमान र शेखर कोइराला सभापतिमा दाबेदार छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा