Lite Nepal

मंगलबार, फाल्गुण १०, २०७८

काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल प्रवेशका लागि मंगलबार (आज) समूह ‘ए’को उपविजेता संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ। आजको खेलले नेपालको विश्वकप यात्रा तय गर्नेछ । युएईलाई हराएको खण्डमा नेपालले विश्वकप खेल्न पाउनेछ।

त्यसैगरी घरेलु टोली ओमानले समूह ‘ए’को विजेता आयरल्यान्डसँग खेल्नेछ। फाइनल खेल भने बिहीबार हुनेछ। फाइनल पुग्ने दुई टोली अस्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी टीट्वेन्टी विश्वकपमा छनोट हुनेछन्।

ओमानमा सोमबार भएको खेलमा क्यानडालाई आठ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो। क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन बनाए। यसैगरी दीपेन्द्रसिंह ऐरीले २७ र आसिफ शेखले १७ रन बनाए। कुशल मल्लले भने खाता खोल्न सकेनन्। क्यानडाका कलिम साना र सलमान नजरले एक/एक विकेट लिए।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रनको सामान्य योगफल खडा गरेको थियो। क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २४ रन बनाए। यसैगरी कप्तान नवनीत धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० रनको योगदान दिए। नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। उनले चार ओभरमा १२ रन मात्रै खर्चिए। यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई÷दुई तथा कुशल मल्लले एक विकेट हात पारे।

क्यानडालाई पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो। नेपालले तीन खेलमा ६ अंक जोड्यो। तीन खेलमा चार अंक जोडेको ओमानले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं