Lite Nepal

बिहिबार, जेठ १२, २०७९

काठमाडौं – सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो ।

उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई लिएर विवाद सुरु भएको भएको थियो । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पङ्कजकुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले सर्वोच्च अदालतमा २०७६ मङ्सिर १७ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

उक्त रिट निवेदनान न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले २०७६ मङ्सिर २० गते तत्कालका लागि निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गर्दै निर्माण कार्य रोक्न आदेश दिएको थियो । रिट निवेदनमा निजगढ विमानस्थलका लागि पुराना रुख रहेको जङ्गल विनाश गर्ने भएकाले निर्माण रोक्न माग गरिएको थियो ।

विमानस्थलको काम अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेशलाई निरन्तरता दिँदै विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको थियो । सबै पक्षको सुनुवाइपछि आज अदाललते उक्त विमानस्थल निर्माण कार्य रोक्ने फैसला सुनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा