Lite Nepal

शुक्रबार, आषाढ ०३, २०७९

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिनुभएको छ ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्यर्वहार गरेका सुनिने अडियो सार्वजनिक भएसँगै उहाँको आलोचना भएको छ ।

यसअघि पनि उहाँले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिनुभएको थियो ।

मन्त्री आलेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आउनुभएको छ । सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उहाँको राजीनामा माग गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं