Lite Nepal

शनिबार, आषाढ ०४, २०७९

झापा – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् । बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणा उहाँ नेपाल आएका हुन् ।

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुगेका राजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वागत गरेका छन् ।

 

सञ्चालक प्रसाईंका अनुसार यी बाहेक उनका अन्य कार्यक्रम पनि छन्। तीन दिने भ्रमणका दौरान नेपाल आएका राजकुमार पोखरा जाने र त्यसको सम्पूर्ण चाँजोपाँजो बिएण्डसीले मिलाएको सञ्चालक प्रसाईंले बताए।

यसअघि प्रसाईं युएई भ्रमणमा गएका थिए। त्यहाँ गएपछि राजकुमार मक्तोउम् नेपालको भ्रमणमा आउन तयार भएको प्रसाईंले बताए।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं