झापा – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् । बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको निमन्त्रणा उहाँ नेपाल आएका हुन् ।
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । झापा पुगेका राजकुमारलाई क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईले स्वागत गरेका छन् ।
सञ्चालक प्रसाईंका अनुसार यी बाहेक उनका अन्य कार्यक्रम पनि छन्। तीन दिने भ्रमणका दौरान नेपाल आएका राजकुमार पोखरा जाने र त्यसको सम्पूर्ण चाँजोपाँजो बिएण्डसीले मिलाएको सञ्चालक प्रसाईंले बताए।
यसअघि प्रसाईं युएई भ्रमणमा गएका थिए। त्यहाँ गएपछि राजकुमार मक्तोउम् नेपालको भ्रमणमा आउन तयार भएको प्रसाईंले बताए।