Lite Nepal

बुधबार, आषाढ २२, २०७९

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन्।

अनाधिकृत व्यक्तलाई सहभागी गराएर बजेटमा करको दायरा हेरफेर गरेपछि अर्थमन्त्री शर्मा विवादी बन्दै आएका छन्। मन्त्री पदबाट राजीनामा दिन उनलाई चौतर्फी दबाब आएको थियो।

अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा ‘बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए..’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो। एमालेका तर्फबाट योगेश भट्टराईले जनसुकै उपायबाट भए पनि राजीनामा गराउनुपर्ने बताएका थिए।

‘सभामुखज्युले अर्थमन्त्रीलाई बोल्ने समय दिनुभएको छ। त्यसमा हाम्रो विमत्ति छ। गम्भीर आपत्ति छ। अर्थमन्त्रीको हैसियतामा उहाँलाई बोल्ने अधिकार छैन,’ उनले भनेका थिए, ‘कुन उपायबाट हुन्छ पहिले उहाँलाई राजीनामा गर्न लगाउनुस् कि त प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्‍यो।’

उनले संसदीय समितिले दोषी पत्ता लगाउने नभई अर्थमन्त्रीलाई कारबाही सिफारिस गर्ने बताएका थिए। ‘उहाँ स्वतः दोषी हुनुहुन्छ। संसदीय समितिले दोष पत्ता लगाउने पनि होइन। समितिले के कारबाही गर्ने भन्ने अध्ययन गर्ने हो,’ उनले भने।

उनले अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दायरा हेरफेर गरेको, सीसीटीभी फुटेज मेटाएको लगायत कुराहरु आएकाले पदमै आसीन रहँदा सूचनाहरु मेटाउनसक्ने बताएका थिए। ‘उहाँलाई पदमा राखेर कुनै पनि छानबिन हुन सक्दैन। पदमा बस्ने हो भने पदको दुरुपयोग भएर सूचना गायब हुनसक्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं