Lite Nepal

सोमबार, आषाढ २७, २०७९

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् ।

राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक संविधानको अक्षर र भावना बिपरीत भएकाले फिर्ता लिनुपर्ने भट्टराईले माग गरेका छन् ।

‘सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिहरुले राष्ट्रिय सहमतिको रुपमा जारी गरेको नेपालको संविधानको अक्षर र भावना बिपरीत सरकारले हालै राष्ट्रियसभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु’, भट्टराईले लेखेका छन् ।

सत्तामा बस्नेहरुले संविधान भत्काउने नभएर रक्षा गर्ने दायित्व पूरा गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् । ‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होइन, बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्न हुँदैन’, भट्टराईले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं