Lite Nepal

मंगलबार, आषाढ २८, २०७९

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे पुनः बस्ने भएको हो ।

सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएका थिए ।

यसैगरी, बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचन सम्बन्धी प्रदेशगत ब्रिफिङ गर्नुभएको छ । ब्रिफिङका क्रममा स्थानीय चुनावमा गठबन्धन गरिएको बारे प्रदेश सभापतिहरु विभाजित देखिएका छन् ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले धारणा राख्नु भएको थियो ।

बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा