Lite Nepal

मंगलबार, आषाढ २८, २०७९

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे पुनः बस्ने भएको हो ।

सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएका थिए ।

यसैगरी, बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचन सम्बन्धी प्रदेशगत ब्रिफिङ गर्नुभएको छ । ब्रिफिङका क्रममा स्थानीय चुनावमा गठबन्धन गरिएको बारे प्रदेश सभापतिहरु विभाजित देखिएका छन् ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले धारणा राख्नु भएको थियो ।

बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं