Lite Nepal

मंगलबार, आषाढ २८, २०७९

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उहाँले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताउनुभयो ।

तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न यो विधेयक ल्याइएको जनाउँदै गृहमन्त्री खाणले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यस्ता पदार्थ दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताउनुभयो ।

पाँच विधेयक टेबुल
राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल गरिएका छन् ।

आजको बैठकमा सचिव राजेन्द्र फुँयालले ‘फौजदारी कसूर तथा फैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ टेबुल गर्नुभएकोे हो । ती विधेयकमाथि राष्ट्रियसभामा छलफल हुनेछ । राष्ट्रियसभाको अर्को बैठक आजै ४५ मिनेटसम्मका लागि स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं